पोखरामा यस्तो घटना–छोरो र श्रीमतीको घाँटी रेटेर आफै रेटिए राम्जी !

पोखरा, जेठ ३० ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ रामबजारमा एकै परिवारका तीन जनाको घाँटी रेटिएको छ । छोराको मृत्यु भएको छ । आमा र बावुको भने पोखराका दुई अस्पतालमा उपचार भईरहेको छ ।

रामबजार १५ कालिका मार्गमा रामजी घलेको ११ वर्षिय छोरा ज्ञापन घलेको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । ३९ वर्षिय रामजी घलेको घाँटीमा समेत धारिलो हतियार प्रयोग गरिएको छ । श्रीमती सुमित्रा ठकुरीलाई समेत धारिलो हतियार प्रयोग गरिएको छ । घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । श्रीमती सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

गम्भीर अवस्था भएकी ठकुरीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागिएको थियो । सुत्केरी ठुकरीको पेटबाट अप्रेशन गरी निकालिएको बच्चा खेर गएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ । प्रहरीलाई घटना बुधबार विहान ३ बजे मात्रै थाहा पाएपछि प्रहरी निरिक्षक दिपक केसीको कमाण्डमा गएको टोलीले ११ वर्षिय छोरा ज्ञापन घले रगतमा लतपतिएको भएको अवस्थामा मृत भेटिएको जनाएको छ ।गम्भीर घाईते अवस्थामा रहेकी श्रीमतीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक दिपक केसीका अनुसार घटना कसरी र कसले घटायो भन्ने गम्भीर अनुसन्धान गर्नेपर्ने देखिन्छ ।

पोखराको रामबजारमा बावुले आफ्नै छोराको घाँटी रेटी हत्या गरेको आंशका गरिएको छ । छोराको घाटी रेटी हत्या गरेपछि सुत्केरी श्रीमतीको समेत घाँटी रेटेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ । पोखरा १५ कालिकामार्ग बस्ने ३९ वर्षिय रामजी घलेले आफनै ११ वर्षिय छोरा ज्ञानप घलेको धारिलो चक्कुले घाँटी रेटी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।उनले सबैको घाटीमा धारिलो हतियार प्रयोग भएकोले घटना अनुसन्धान विना भन्न नसकिने जिकिर गरे । छोराको घटना स्थलमै मृत्यु भइसकेको थियो । पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ‘घटनाको विवरण घाईतेको अवस्थामा सुधार भएपछि मात्रै बास्तविक रिपोर्ट बाहिर ल्याउन सकिन्छ ।’ प्रहरी निरिक्षक केसीले भने–‘घटनाको यथार्थ विवरणपछि मात्रै भन्न सकिने अवस्था छ । अहिले नै घटना यस्तो हो भन्न सकिदैन् ।’

प्रहरीले प्रारम्भिक घटना अनुसार घरभित्र बाह्य व्यक्तिको प्रवेश नभएको छिमेकीसँग सोधपुछ गरेको जनाएको छ । यसले घटना हत्याको आशयबाट भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी ठोस अनुसन्धान नभईकन यसै भन्न नमिल्ने उनको भनाई थियो । मकवानपुर बकैया गाउँपालिका ठिंगन घर भएका घले पोखरामा पेन्टरको काम गर्दैआएका थिए ।

तश्विर-रञ्जन अधिकारी