पोखरामा मोटरसाईकल र स्कुटर ठोकिँदा ५ घाईते

पोखरा, भदौ २२ ।
पोखराको मालेपाटनमा स्कुटर र मोटरसाईकल ठोकिँदा ५ जना घाईते भएका छन् । ग १४ प ६७०९ नम्बरको मोटरसाईकलले ग १० प ७२९१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाईते भएका हुन् ।

घाईते हुनेमा स्कुटर चालक पोखरा १६ लामाचौर की ३३ बर्षिया रिता थापा, स्कुटर पछाडी बसेर यात्रा गर्ने ३५ बर्षकी रमा बानियाँ र वर्ष ६ की प्राप्ती बानियाँ, तथा मोटरसाईकल चालक पोखरा १५ नयाँगाउँका २१ बर्षिय टेकबहादुर गुरुङ र पछाडी बसेर यात्रा गरिरहेकी २० बर्षिया मनिता गुरुङ छन् ।

घाईतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । स्कुटर र मोटरसाईकल प्रहरी नियन्त्रणमा छ ।