पोखरामा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु

पोखरा, चैत २७ ।
पोखरामा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाईते भएका छन् । पोखराको एयरपोर्ट नजिक ग १ ख ३८७७ नम्बरको नगर माईक्रोले ग ९ प २१९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्याङजाका शोभाकान्त पनेरुको मृत्यु भएको हो । मोटरसाईकलको पछाडी बसेका २५ बर्षिय पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाईकल चालक पोखरा २१ निर्मलपोखरीका सन्दीप पौडेल गम्भीर घाईते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैहरेको प्रहरीले जनाएको छ । दुर्घटनाका बस र मोटरसाईकल प्रहरी नियन्त्रणमा छ ।