पोखरामा मोटरसाईकलको ठक्करले एक घाईते

पोखरा, असोज २२ ।
पोखरा लेखनाथ महानगरपलिका १७ हिमालीटोल स्थित हाइवेमा मोटरसाईकलको ठक्करले एकजना घाईते भएका छन् ।
ग ५ प ४१०३ न को पल्सर मोटरसाईकलले पैदल यात्री कास्कीको अन्नपुर्ण गाउँपालिकाकी २६ बर्षिय पुनम गुरुङलाई ठक्कर दिएको हो । बाटो काट्ने क्रममा मोटर साइकलले ठक्कर दिएपछि घाईते गुरुङको मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।
ठक्कर लागेलगत्तै नमस्ते अस्पताल लगिएको उनलाई त्यहाँ उपचार हुन नसकेपछि मणिपाल रिफर गरिएको हो । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा छन् ।