पोखरामा महिला/पुरुष राष्ट्रिय भलिबल हुदैं

पोखरा, पुस २ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रंगशालामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुदैं छ । २१ औं महिला तथा ३१ औै पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको लागि आवश्यक तयारीलाई तिब्रता दिइएको पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए । प्रतियोगिताको नाम भने राखेप च्याम्पियन रहने छ ।
प्रतियोगितामा पुर्वाच्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघसँगै नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहभागिता रहने छ । राखेपको आर्थिक सहयोगमा पोखरामा क्षेत्रीय भलिबल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ ।
नेपाल भलिबल संघको संयोजन तथा पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिताका विजेता टोलीले ५० हजार नगदसहितको उपाधि जित्ने छ । उपविजेताले ३० र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीको हकमा भने नगद ५ हजार पुरस्कार पाउने छ । त्यसैगरी उत्कृष्ठ सर्भर, स्पाईकर, ब्लकबर, सेटर र लिबरोले नगद ३ हजारसहित ट्रफी पुरस्कार स्वरुप पाउने छन् । प्रतियोगिताको लागि १७ लाख खर्च लाग्ने बताइएको छ ।