पोखरामा भीषण आगलागी, क्लव ९९ जलेर नष्ट

पोखरा, फागुन २४ ।
पोखराको हल्लनचोक स्थित क्लब ९९ मा आगलागी भएको छ । केहि समय अघि (शुक्रबार राति ९ बजेपछि) देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो ।

सिलिण्डर पड्किएपछि फैलिएको आगो माथिल्लो तल्लामा रहेको क्लब ९९ मा फैलिएको छ । अहिले दनदनी आगो बलिरहेको छ । एउटा दमकल पुगेर आगो निभाउन प्रयास गरेपनि पर्याप्त भएन । सो दमकल यतिबेला पानी लिन फर्किएको छ । बर्गर क्याफे माथि प्लाइउड रहेकाले पनि आगो फैलिन मद्धत पुगेको र माथिल्लो तल्ला पूर्ण रुपमा क्षति पुगेको छ ।

घटनास्थलमा प्रहरी स्थानीय छन् । आगो निभाउन सकिरहेको अवस्था छैन । क्षतिको अवस्था थाहा हुन सकेको छैन । स्थानीय त्रासमा छैन । आगो फैलन सक्ने खतरा छ । थप विवरण आउन बाँकी ।