पोखरामा बस र स्कुटर ठोकिँदा एकजनाको मृत्यु

पोखरा, कार्तिक २३ ।
पोखरा बगरबाट लामाचौरतर्फ जाँदै गरको इलेक्ट्रिकल स्कुटरलाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
पोखरा लेखनाथ महानगर पालिका १९ का राम भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ग१ख ६४५४ नम्बरको बसले लामाचौर तर्फ नै गइरहेको स्कुटलाई साइडबाट ठक्कर दिँदा भण्डारीको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ ।
स्कुटर सहित बस मुनी परेका भण्डारीको टाउकोमा ठक्कर लागेको स्थानीयले जानकारी दिए । प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।