पोखरामा बर्षकै सबैभन्दा गर्मी

पोखरा, साउन २० ।
मन्सुन सकिन लाग्दा पोखरामा मंगलबार बर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । मंगलबार बिहानदेखि नै चर्किएको घामले निकै गर्मी महशुस भएको छ ।

यो वर्षको सबै भन्दा बढि अघिकतम तापक्रम ३४ दशमब ७ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जानकारी दिए । आजैको न्यूनतम तापक्रम २३ दशमलव ५ डिग्री मापन भएको छ ।

पोखरामा केही दिन देखी वर्षा नहुदाँ गर्मी बढ्दै आएको हो । पोखरामा सन् १९९९ अप्रिल २८ मा अहिले सम्मकै सबैभन्दा बढी तापक्रम ३७ दशमलव ४ डिग्रि सेल्सियस मापन भएको थियो ।