पोखरामा बच्चा जन्माउने वित्तिकै आमाले बाँसघारिमा फालेपछि…..(घटना विवरण पढ्नुस्)

पोखरा, बैशाख ३० ।
सोमबार पोखरामा अनौठो घटना भयो । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन् ।

स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शिशुलाई उद्धार गरि कोमागाने अस्पतालमा उपचार गरायो । त्यहाँ सम्भव नभएपछि गण्डकी अस्पतालमा राखिएको छ । अहिले बच्चाको अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना

उदयपुर घर भएकी सीमा श्रीमानले छोडेपछि पोखरामा बस्दै आएकी छिन् । बस्दै गर्दा चिनेजानेको एकजनासँग उनको शारिरीक सम्पर्क भयो । अबैध भएपनि उनले आफ्नो कोखमा रहेको बच्चालाई जन्म दिने निधो गरिन् । र जन्माईन् पनि ।

आर्थिक अवस्था कमजोर भएकी सीमालाई बच्चा पाल्ने आँट आएन । जन्मिसकेको बच्चा मार्ने हिम्मत पनि उनले गरिनन् र पाल्न नसक्ने भएपछि घर आडैको बाँसघारिमा लगेर फ्याँकिदिईन्, ताकि अरुले देखोस् र कसैले लगेर पालोस् भनेर । ‘मेरो बच्चाको माया धेरै छ । तर पाल्ने अवस्था छैन । मार्न पनि सकिन, प्रहरीसँगको बयानमा उनले भनिन्–कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।’

सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी छ । सीमा पोखरामा मजदुरी गरेर बसिरहेकी छिन् ।