पोखरामा फिल्म हेर्दै समिक्षा सुरु

पोखरा, पुस ५ ।
हरेक महिनाको पहिलो शनिबार विहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा जम्मा हुने । एउटा चलचित्र हेर्ने । चलचित्र हेसिकेपछि त्यस चलचित्रको बारेमा समिक्षा गर्ने । राम्रा पक्ष ग्रहण गर्ने । नराम्रा कुरालाई अब निर्माण हुने चलचित्रमा आउन नदिने कल्चर पोखरामा सुरु भएको छ ।

पोखरा थिएटर, चलचित्र पत्रकार संघ कास्की, पोखरा फिल्म सोसाइटि र गुरुङ फिल्म एशोशिएसन नेपाल चारवटा संस्था मिलेर यो कार्यको पोखरामा थालनि गरेका हुन् । यसले चलचित्र तथा कलाकारिता क्षेत्रमा लागिरहेका, कलम चलाइरहेका व्यक्तिलाई एकैठाउँमा जमघट गराउँदछ । निर्माण भएका र हुने क्रममा चलचित्रमा समावेश गर्नुपर्ने विषयवस्तु, ध्यानदिनुपर्ने कुरा मात्र नभएर एक अर्काको ज्ञानआदानप्रदान हुन्छ ।

यसै क्रममा शनिबार पहिलो कार्यक्रम सम्पन्न भएको छ । हालै निधन हुनुभएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गरि शनिबारको कार्यक्रम आरम्भ गरिएको थियो ।

 

शनिबार पहिलो कार्यक्रममा चाइनिज चलचित्र ‘द रोड होम’ प्रर्दशन गरियो । चलचित्र प्रर्दशन पश्चात अनुप बरालको सहजीकरणमा सो चलचित्रका विविध पक्षको बारेमा समिक्षा गरिएको थियो । २० वर्ष अगाडी निर्माण भएको यो चलचित्र त्यसभन्दा ५० वर्ष अगाडीको कथामा निर्माण भएको छ ।

चलचित्रलाई उत्कृष्ट बनाउन निर्देशकले गरेको मेहनतको बारेमा छलफल गरियो । उपस्थित दर्शकले पोखरामा थालनी गरिएको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । चलचित्र निर्माण गर्दा समाबेश गर्नुपर्ने पाटाहरुको बारेमा सहभागी दर्शकले सुझाब समेत दिएका थिए । ‘चाइनिज चलचित्रबाट धेरै कुरा सिक्न सकिन्छ, हाम्रो परिवेश पनि मिल्छ, त्यसैकारण पहिलो दिन द रोड होम चलचित्र छनोट भएको हो’ अनुपले स्पष्ट पारे ।

आगामी माघ महिनाको पहिलो शनिबार अर्को कुनै चलचित्र प्रर्दशन गरी त्यसमाथि समिक्षा गरिने गुरुङ फिल्म एशोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले बताए । यसरी हुने समिक्षाले चलचित्र क्षेत्रमा सकारात्मक उर्जा थपिने गुरुङ बताउँछन् । ‘चलचित्रकर्मीबिच भेटघाट, चलचित्र हेर्ने अवसर, यसलाई बुझ्ने र समिक्षा गर्ने कार्यले राम्रा चलचित्र बनाउन उत्पेरित गर्नेछ’ उनले भने ।

हरेक महिनाको पहिलो शनिबार बिहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा चलचित्र प्रर्दशन र त्यसमाथी समिक्षा गर्ने कार्यक्रम शुरु गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । पोखरामा चलचित्र हेर्ने, बुझ्ने र त्यसमाथी समिक्षा गर्ने संस्कार विकास गर्न यो कार्यक्रम गरिएको उनले जनाए । पोखरा फिल्म सोसाइटिका अध्यक्ष जितेश प्रधान फिल्म हेर्ने माहोल बनाउन यो कार्यक्रम महत्वपुर्ण बन्ने बताउँछन् । ‘राम्रो फिल्म हेर्ने मात्र नभएर फिल्मलाई कसरी राम्रो बनाउने, अनि फिल्म हेर्दा ध्यान दिनुपर्ने कुराहरु समेत सिकाउँदछ’ प्रधानले भने ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले चलचित्र क्षेत्रको विकास र विस्तारको लागि सहयोग पु¥याउने हुँदा आफुहरुले सहकार्य गरेको बताए । ‘हामीले पहिल्यैबाट यसबारेमा सोच बनाएका थियौ, अहिले संयुक्त रुपमा शुरु भयो, सबै एकठाउँमा भएर कार्यक्रम गर्न थालेपछि पोखरालाई फिल्मसिटी बनाउने माहोल बनाउन समेत सघाउनेछ’ उनले भने ।

यो कार्यक्रम मार्फत स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विभिन्न जातजाती भाषाभाषीमा निर्माण गरिएका चलचित्र प्रर्दशन गरी समिक्षा गर्ने आयोजकको तयारी छ । सम्भव भएसम्म सम्बन्धित चलचित्रमा आवद्ध व्यक्तिलाई बोलाएर अन्र्तक्रिया गरिनेछ । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा पुगेर चलचित्र हेर्न र समिक्षा भाग लिन सबैमा आयोजकले आग्रह गरेका छन् ।