पोखरामा प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्स हुने

पोखरा, जेठ ६ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा जेठ ८ गते पोखरा रंगशालामा ४ नं. प्रदेशस्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्स संचालन हुने भएको छ । प्रतियोगितामा प्रदेश नं ४ का कक्षा ६, ७ र ८ मा अध्ययनरत १४ वर्ष सम्मका विद्यार्थीहरु सहभागिता रहने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले बताए ।

प्रतियोगितामा सहभागिहरुले एथ्लेटिक्स, कराते, तेक्वाण्दो र उसु खेलका विभिन्न इभेन्टस तथा तौल समुह गरि ३० स्वर्ण ३० रजत र ४८ कास्य गरि कुल १ सय ८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा एथ्लेटिक्स, कराते, तेक्वाण्दो र उसु खेलका ४६ जना सहभागीहरुलाई यहि जेठ १० र ११ गते काठमाण्डौंमा हुने केन्दिय्र स्तरीय चिल्डे«न गेम्सका लागि समेत छनौट गरिने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

प्रतियोगितामा प्रदेश ४ का विभिन्न विद्यालयका करिब २ सय १२ जना बिद्यार्थी र ४५ जना अफिसियल गरि २ सय ५७ जनाको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश नं ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले गर्ने भएका छन ।