पोखरामा पक्की घरमै हान्यो चट्याङले

पोखरा, बैशाख २९ ।
पोखरामा आइतबार अपरान्हपछि मौसम एक्कासी बदलियो । हावाहुरीसँगै बर्षा भयो र चट्याङ पर्यो । साढे ५ बजेतिर परेको चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको छ ।

घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल परेको छ । मानवीय क्षति भने हुन पाएन । प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसँगै आगोको मुस्लो घरतिर आएको थियो ।

शहर बीचमै यसरी चट्याङले हान्दा स्थानीय चिन्तित छन् । घर निर्माणका क्रममा एन्टीलाइटिङ अर्थिङ प्रभावकारी ढंगले गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।