पोखरामा नयाँ नियम आउँदै, चटपट बेच्न नपाईने

पोखरा, पुस ११ ।
पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका लागि स्वस्थ्यकर नभएको बताए । शनिबार पोखरामा रोटरी क्लब अफ पोखरा न्यूरोड सातौं बर्ष पुरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा आयाोजित कार्यक्रममा जिसीले त्यस्तो बनाएका हुन् । अहिले सामाजीक सञ्जालमा चटपट र पानीपुरी रोक लगाउन हुने वा नहुनेमा सामाजीक सञ्जालमा बहस समेत चलेको छ ।
चटपट र पानीपृुरीलाई सडक र फुट्पाथमा प्रत्यक्ष स्वास्थ्य सगँ खेलाची गर्ने गरि ब्यवसाय सन्चालन गर्न रोकलगाउने तयारी गरेको पोखरालेखनाथ महानगरपालिकाका मेयरका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले बताए । उनले पानीपुरी ,चटपट ब्यवस्थित र सफा गरि राज्यको प्रकृयामा दर्ता गरि सन्चालन गर्न दिने बताए । त्यसका लागि मापदण्ड तयार गर्न लागेको उनले बताए ।