पोखरामा ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु

 

पोखरा, कार्तिक २५ ।

कास्की ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनमा पोखरामा आज (सोमबार) देखी ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु भएको छ । पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा भएको उद्घाटन खेलमा एलजि एसोसियसन भेट्रान्सले बिजयी सुरुवात गरेको छ ।

आयोजक ईन्द्रेणी एकिकृत विकास केन्द्र भेट्रान्स र एलजि एसोसियसन भेट्रान्स बिच भएको खेलमा एलजिले ईन्द्रणीलाई २–१ गोल अन्तरले पाखा लगाएको हो । पहिलो हाफ बराबरी भएको खेलमा २९ औ मिनेटमा ईन्द्रणीका विनोद गुरुङले गोल गर्दै टिमलाई अगाडी बढाएका थिए भने एलजिका धनेन्द्र गुरुङले ३८ औं मिनेटमा बराबरी गोल गरेका थिए । खेल सकिन केही समय बाँकी रहदा एलजिका सुरज गुरुङले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले बिजयी गराएका हुन ।

आउदो मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६५ हजार रुपैया प्रदान गरिने प्रतियोगिताको अर्थ संयोजक हिटलर घलेले बताए । उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिने उनले बताए ।
त्यस्तै बिद्यागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको घलेले बताए । उनका अनुसार सर्बाेत्कृट खेलाडी (दाम्पत्य) लाई रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ । स्व. देस्ना चन्दको स्मृतिमा पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले प्रथम पुरस्कार सौजन्य गरेको उक्त प्रतियोगिताबाट संकलित केही रकम ईन्द्रेणी एकेडेमी सञ्चालनमा खर्च गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सारदा पराजुलीले रेफ्रिलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेकी थिईन् । प्रतियोगिता उद्घाटन पछी बोल्दै पराजुलीले ईन्द्रेणी एकिकृत विकास केन्द्रले पाका खेलाडी बिचको भाईचारामा सहयोग गरेको बताइन् । यस्ता खालको प्रतियोगितामा गरिरहनुपर्ने उनको भनाई छ ।