पोखरामा दुर्घटना हुँदा कुश्मा नगरपालिकाकी उपमेयरसहित ५ घाईते

पोखरा, बैशाख १ ।
पोखराको गगनगौंडामा ट्रकले जीपलाई ठक्कर दिँदा कुश्मा नगरपालिका पर्वतकी उपमेयरसहित ५ जना घाईते भएका छन् । उपमेयर सीता काफ्ले लामिछाने सहित उनकी छोरीहरु आकृति लामिछाने र देवानी लामिछाने, जीप चालक विनोद क्षेत्री र सहयोगी शिव क्षेत्री घाईते भएका हुन् ।
उनीहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । उपमेयर लामिछानेलाई नाक, घाँटी, ओठमा चोट लागेको छ । सबैको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ ।
तस्विर-प्रदीप पौडेल