पोखरामा थप ३ जना संक्रमित

पोखरा, भदौ ४ ।
पोखरामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ५ का १४ बर्षिय बालक र १६ बर्षकी बालिकामा संक्रमण देखिएको हो । यस्तै, ८ नम्बर वडाकी ४२ बर्षीया महिलामा पनि कोरोना पुष्टी भएको छ ।

गण्डकीमा आज मात्रै ९ जनामा कोरोना देखिएको छ । तनहुँका २ र स्याङजाका १ र नवलपुरका ३ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

यो सगँ गण्डकी प्रदेशमा १ हजार ८ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये १ हजार ५ सय ७२ जना निको भएर घर फर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।