पोखरामा डरलाग्दो दुर्घटना, मोटरसाईकल चालक गम्भीर घाईते

पोखरा, असोज २८ ।
पोखराको नयाँ बजारमा कारमाथी मोटरसाईकल चढ्दा एकजना घाईते भएका छन् । निकै तिब्र गतिमा गुडिरहेको मोटरसाईकल कारमाथी पुगेको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक नदीपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३ नम्बरको मोटरसाईकल र ग २ च ८०५ नम्बरको कार एकआपसमा ठोकिएका हुन् । घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनापछि फिस्टेल हस्पिटल लगिएको उनलाई उपचार सम्भव नभएपछि मनिपाल रिफर गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।