पोखरामा ट्रक र मोटरसाईकल ठोकियो, एकजना घाईते

पोखरा, चैत ३ ।
पोखरामा ट्रक र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । पोखरा १४ छिनेडाँडामा ग १ क ४२६५ नम्बरको टिप्पर र ग ५ प १७९५ नम्बरको मोटरसाईकल ठोकिएका छन् ।

दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३८ बर्षिय मनमान गिरी घाईते भएका हुन् । उनको पार्कल्याण्ड अस्पतालमा उपचार भैरहेको छ ।