पोखरामा ट्याक्टरले बाटो छोडेर घरभित्र छिरेपछि………..

पोखरा, भदौ १६ ।
पोखरा २१ निर्मलपोखरीमा ट्याक्टरले बाटो छोडेर ब्यक्तिको घरभित्र छिरेको छ । स्थानीय टंक विकको घरभित्र ट्याक्टर छिरेको हो । ट्याक्टर छिर्दा घरको पछाडीपटिको पूरै गारो लडेको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए ।

उनका अनुसार मान्छे घरमा नभएको कारण मानवीय क्षति भने भएन । ‘घरभित्रै पुगेछ ट्याक्टर । मान्छे धान गोड्न गएकोले कुनै क्षति भएन, उनले भने–घरको गारो लडेको छ ।’ ग १ त ३२०४ नम्बरको ट्याक्टर घरभित्र छिरेको कास्की प्रहरीले जनाएको छ ।

लाईसेन्स नभएका चालकले गाडी चलाएकोले दुर्घटना भएको बताईएको छ । चालक महादेव नेपाली र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।