पोखरामा ट्यांकर र मोटरसाईकल ठोकिँदा १ जना घाईते

पोखरा, असोज २० ।
पोखरा ३१ नहरचोकमा पानी बोक्ने ट्यांकर र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । खुदीबाट बेगनासतर्फ जाँदै गरेको ग १५ प ६२४६ नम्बरको मोटरसाईकल ग १ ख ३५१६ नम्बरको पानी बोक्ने गाडीसँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका हुन् ।

नहरचोकका ४० बर्षिय गणेश खड्का घाईते भएको प्रहरीले जनाएको छ । उनको सामुदायिक अस्पताल लेखनाथमा उपचार भैरहेको छ । गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।