पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु

पोखरा, भदौ ३ ।
पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा बैदाम चौकीबाट ड्युटीमा रहेका ग १ ब ३६९ नं.को मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैदाममा कार्यरत प्रहरी जवान पाल्पाका २० बर्षीय चन्द्रबहादुर बगाले र हवल्दार बर्दियाका ३४ बर्षका डम्बरबहादुर थारु छन् ।

बगालेको उपचारको क्रममा मंगलबार राती गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो भने थारुको बुधबार निधन भएको हो ।