पोखरामा च्याम्बर अफ कमर्श स्थापना, किसान बने पहिलो अध्यक्ष

पोखरा, माघ ४ ।
पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी गठन भएको शाखाकोे नेतृत्व किसान सुनारले लिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत संस्था दर्ता भइसकेको स्रोतले बतायो । यद्यपि, संस्था स्थापनाको औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सुनार यसअघि पोखरा उद्योग बाणिज्य संघमा नेकपा निकट प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए । काँग्रेस निकट प्यानलका अर्जुन पोखरेलसँग पराजीत भएपछि उनले नयाँ संस्था दर्ता र त्यसको नेतृत्वको तयारी उतिबेलैदेखि गरिरहेको श्रोत बताउँछ ।

पोखरा चेम्बर अफ कमर्शलाई पोखरा उद्योग वाणिज्य संघकै समानान्तर संस्थाका रुपमा लिइएको छ । केही पदमा बाहेक अन्य सम्पूर्ण पदमा जिम्मेवारी प्रदान भइसकेको स्रोतले बतायो । एक महिना अगाडि नै संस्था गठन भएको हो ।

चार जना उपाध्यक्ष रहने व्यवस्था संस्थाको विधानमा छ । हालसम्म वरिष्ठ उपाध्यक्ष पद खाली छ । उद्योग उपाध्यक्षमा गीता तिवारी गौतम चयन भएकी छन् । वाणिज्य उपाध्यक्षको जिम्मेवारी प्रेम भुजेलले पाएका छन् । वस्तुगत उपाध्यक्षमा यमनाथ पौडेल छन् । पोखरा चेम्बर अफ कमर्शको महासचिवको जिम्मेवारी उमराज बास्तोलाले पाएका छन् । २ जना सचिव रहने व्यवस्था मध्ये एक जना सचिव प्रेम सुवेदी छन् भने एक सचिव पद खाली छ । कोषाध्यक्षमा कमल बस्नेत, सहकोषाध्यक्ष नवराज आचार्य छन् ।

१० जना खुल्ला सदस्यमा नारायण पौडेल, नवीन बराल, महेन्द्र गुरुङ, लोकेन्द्र राई, नगेन्द्रप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, एकराज गिरी, चन्द्रकिशोर गौतम, राजु भुवाई, रनबहादुर बिक छन् । बस्तुगत ४ जना सदस्यमा ज्ञानबहादुर नेपाली, पवित्रा नेपाली, निर्मला बास्तोला, कृष्णप्रसाद तिवारी छन् ।

बस्तु उद्योग सदस्यमा प्रेमबहादुर क्षेत्री, सेवा उद्योग सदस्यमा दीवस लामिछाने छन् । २ जना कर्पोरेट सदस्यमा घनश्याम शर्मा र विनोद भुजेल चयन भएका छन् । २ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको बताइएको छ ।