पोखरामा कोरोना संक्रमितको मृत्यु

पोखरा, साउन २५ ।
पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १९ का ६२ बर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो ।

कोरोना पोजिटिभ देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको शनिबार राती मृत्यु भएको हो । उनी मधुमेहको समेत विरामी रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

गण्डकीमा हालसम्म ६ जनाको मृत्यु कोरोनाका कारण भएको छ । तर एकजनाको मृत्यु काठमाण्डौंमा उपचारको क्रममा भएकोले गण्डकी प्रदेशमा जोडिएको छैन ।

File Photo