पोखरामा कोरोनाले एक महिलाको मृत्यु

पोखरा, भदौ ११ ।
पोखरामा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा पोखरा १२ कि ३२ बर्षीया महिलाको मृत्यु भएको हो ।

उनी भदौ ७ गते उचपारका लागि अस्पताल आएकी थिईन् । विहिबार बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । पोखरा सवास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ हुने भने पोखराको तेस्रो हुन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

File photo