पोखरामा औद्योगिक ब्यापार मेला सुरु, आजदेखि सबै कार्यक्रम प्रदर्शनी केन्द्रमा

पोखरा, पुस १९ ।
पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरीका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार महोत्सवको उद्घाटन गरे । हजारौँ महिला तथा शुभेच्छुकहरुलाई पानीमा रुझाउन उचित नहुने भन्दै आयोजक संस्थाले उद्घाटन कार्यक्रम संघको सचिवालयमा नै आयोजना गरेको हो । मेलामा निर्धारित सबै कार्यक्रमहरु भने प्रदर्शनी केन्द्र नयाँबजारमा नै आयोजना हुने उनले बताए ।

‘मौषमको प्रतिकूलतालाई ध्यान दिई हामीले निर्धारित कार्यक्रमलाई परिर्वतन गरि संघको सचिवालय गैह्रापाटनमा नै मेलाको समुद्घाटन ग¥यौँ, हाम्रा शुभेच्छुकहरुको मायालाई हार्न सकेनौँ र मौषमलाई जित्दै मेलाको समुद्घाटन ग¥यौँ’, आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने,‘ मेलाप्रति पोखरेली र अझ बढी महिलाहरुले देखाएको गुणलाई हामी कहिल्यै भुल्न सक्दैनौँ ।’ उनले मेलामा भएको भव्य उपस्थिति र उत्साहलाई ध्यानमा राख्दै पुस २१ गते पुनः प्रभातफेरीको आयोजना गर्ने तयारी भएको जानकारी समेत दिए । प्रभातफेरी कार्यक्रमको संयोजनको भूमिका निर्वाह गरेकी संघकी उपमहासचिव चिनु गुरुङले महिला उद्यमशिलता विकासको लागि संघले आयोजना गरेको कार्यक्रमलाई सघाउन सबैसँग आग्रह गरिन् ।

मेला पुस २८ गतेसम्म चल्नेछ । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनहरुका स्टल रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । यसैगरि दैनिक उपभोग्य बस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन तथा बिक्रीको लागि राखिएको छ । चालीसको दशकमा संघले नै पहिलो पटक व्यवस्थित रुपमा मेला आयोजनाको थालनी गरेको थियो । त्यसपछि २०५२ सालमा आयोजित पोखरा महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाका पछिल्ला संस%8