पोखरामा एक संक्रमितको मृत्यु

पोखरा, असोज २२ ।
पोखरामा थप एक संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८३ बर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत थिए । पोखरा १६ का ति पुरुष असोज १३ गते कोरोना पुष्टी भएपछि अस्पताल भर्ना भएका हुन् ।

विहिबार विहान उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार बृद्धमा मधुमेह र मृगौलासम्बन्धी दीर्घ समस्या थियो ।

File photo