पोखरामा एकैदिन २ जना मृत भेटिए

पोखरा, माघ ५ ।
पोखरामा एकैदिन २ जना मृत भेटिएका छन् । पोखरा १५ खरेपाखामा कास्कीकै मादी गाउँपालिका ११ का ६७ बर्षका गुञ्जमान तामाङ मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनएको छ ।

यस्तै पोखरा १४ चाउथे स्थित नहरकुलोमा पोखरा–१३ काहुँखोला बस्ने वर्ष २५ को कृष्ण पौडेल मृत भेटिए । घटनाबारे बिस्तृत जानकारी आएको छैन ।