पोखरामा एकपछि अर्को घटना–हजारको लोभ देखाएर ३ बालिकामाथी यौन दुर्व्यवहार

पोखरा, असोज २३ ।
आइतबार साँझ ५ बजेदेखि रामबजार नजिकैबाट ३ बालिकाहरु बेपत्ता भए । कालिका माविमा पढ्ने तीनैजना १०, ११ र १२ बर्षका छन् । विद्यालयबाट फर्किएपछि बेत्तपा भएका उनीहरुलाई खोज्दै जाँदा लेकसाईडमा निर्माणाधीन एउटा घरमा भेटियो । घर निर्माणमा काम गरिरहेका दुई मजदुर सँगै थिए तीनैजना बालिकाहरु ।

घटना आईतबार विहानको हो । विहान ६ बजे ५ जना विद्यार्थीहरु नाच सिक्न घरबाट निस्किए । ११ बजेसम्म स्कुलमा नाचगान गरेर सकेपछि घर नगई उनीहरु लेकसाईड पुगे । लेकसाईड पुगेका टोलिमा एक बालिकाले चिनजानको भन्दै सदरे आलमको कोठामा पु¥याईन् । केहीबेर त्यहाँ बसेपछि उनीहरु भाटभटेनि गए ।

दिनभर घुमेर साँझ ५ बजेतिर घर फर्किए । आमाले गालि गरेपछि दुई बालिकाहरु घरमै बसे । सदरे चाहीँ बाँकी ३ जनालाई लिएर लेकसाईडतिर लागे । आलमले बालिकाहरुलाई आफूसंगै बसेमा पैसा दिने भन्दै फकाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आलमले १ हजार रुपैयाँ दिने भनेपछि तीनैजना बस्न राजी भए । त्यसपछि आलमले आफ्नो साथीलाई पनि बोलाएर बालिकाहरुमाथी दुब्र्यबहार गरेको प्रहरीले जनाएको छ ।

आलम र उनका साथीलाई बालिकासँग भेटेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । भारतीय दुईजना किशोरहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विहार राज्यको दतिया घर भई पोखरा बस्दै आएका १७ बर्षिय सदरे आलम र उनका साथी समिन आलम छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार ती बालिकाहरुमाथि यौन दुव्र्यवहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गुरुङले जानकारी दिए । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ । श्रोतका अनुसार बालिका मध्ये एकजनाले आलमलाई ब्वाईफ्रेण्ड बनाएकी थिईन् ।

पोखरामा पनि यौन दुव्यर्वहारका घटना दिनप्रतिदिन सार्वजनिक भैरहेको छ । बलात्कारका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक भैरहेका छन् ।–गण्डक न्यूज