पोखरामा एकजना मृत फेला !

पोखरा, असोज १३ ।
पोखरा २६ बुढीबजारमा एकजनाको शव फेला परेको छ । अन्दाजी ६० बर्षका देखिने पुरुष मृत भेटिएका हुन् ।

हालसम्म उनको पहिचान हुन नसकेको कास्की प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान चलिरहेको छ ।