पोखरामा आफनै कार्यकर्ताबाट कुटिए वडाध्यक्ष

पोखरा, साउन १२ ।
पोखरा महानगरपालिका २१ का वडाध्यक्ष खगराज आचार्य आफनै कार्यकर्ताबाट कुटिएका छन् । आइतबार साँझ कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले उनलाई कुटपिट गरेका हुन् ।

दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । वडाध्यक्ष आचार्यले साथीहरुसँग राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेका बेला दातारामले एक्कासि मुक्का र हेलमेट प्रहार गरेको बताए । उनले दातारामले मादक पदार्थ सेवन गरेको बताएका छन् ।

आफ्नो गाउँविकासमा खगराज आचार्यको सक्रियता अलि बढी नै रहेको छ । तर, दातारामको फेसबुक हेर्दा उनले पनि गाउँतिरका लागि केहि गर्न खोजेको देखिन्छ । जनप्रतिनिधिको कामप्रति चित्त नबुझेको उनका स्टाटसहरु छन् ।