पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

पोखरा, मंसिर १४ ।
हिमाल दुश्यावलोकनका लागि अन्नपूर्ण क्षेत्रहुदै शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहान आठ बजेर ९ मिनेट जाँदा पोखरा बिमानस्थलबाट चाईनिज यात्रुलाई लिएर उडेको ढल्ब्ीद्य कल न भएको अल्ट्रालाईट आठ बजेर सत्ताईस मिनेटमा ईन्जिन फेलियर भएको रिपोट पाईलट सेमिट स्लोपले पोखरा टावरलाई खबर गरेको नागरिक उड्ययन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र कुँवरले बताए ।

अन्नपूर्ण क्षेत्रको कोर्चीगं भन्ने ठाउँमा रहेको सो अल्ट्रालाईटलाई आकाशमा उडिरहेका ४ वटा ग्राउन्डमा रहेका ४ वटा जहाजलाई होल्ड गराइ सूरक्षित अबतरण गराईएको थियो । ईन्जिन फेल भईसकेपछि दुर्घटनाबाट जोगाउन निठै कठिन परिस्थीती सृजना हुने भएता पनि अल्ट्रालाईट लाई सूरक्षित अवतरण गराई ठूलो दुर्घटना हुन सक्ने परिस्थीतीलाई ब्यबस्थापन गरिएको कुँवरले बताए ।

File Photo