पोखरामा अर्का संक्रमितको मृत्यु

पोखरा, भदौ १२ ।
पोखरा थप १ जनाको मृत्यु भएको छ । शुक्रबार पोखरा १९ का संक्रमित ५२ बर्षीय पुरुषको मृत्यु भएको हो । लमजुङ घर भइ ५ दिनअघि उनी उपचारका लागि पोखरा आएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । दिउँसो सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका उनको आइसोलेसनमा ल्याएपछि मृत्यु भएको बताईएको छ ।

मृतक र अर्का एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अस्पताल जाँदै थिए । उनी पूर्व भारतीय सैनिक हुन् ।

File Photo