पोखरामा अमेरिकन पर्यटक मृत फेला

पोखरा, चैत ४ ।
पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका छन् । होटलमा फागुन २८ गतेबाट बस्दै आएको अमेरिकी नागरिक वर्ष ७० बर्षिय मार्क मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कोठामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनको शवलाई पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीएको छ भने नेपालस्थीत अमेरिकन दुताबासलाई जानकारी दिएको प्रहरीको भनाई छ ।