पोखराबाट फेरि समातिय विप्लव समूहका कार्यकर्ता

पोखरा, असार ४ ।
नेत्रविक्रम चन्द (विप्लव) समूहका १ कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् । पोखराको बगरबाट मोटरसाईकलमा हिडिरहेका उनलाई प्रहरीले पक्रेको हो ।

ग १५ प २८६८ नम्बरको मोटरसाईकलमा हिडिरहेका राजकुमार घिमिरे र संजीव कार्की (बुलेट) लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । संजीव विप्लव कार्यकर्ता भएपन राजकुमारलाइ चाहीँ माेटरसाइकलमा चढाएका कारण पक्राउ गरेर छाेडिएकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।