पोखराबाट छुटेको बस तनहूँको आँबुखैरेनीमा पल्ट्यो, ३ जनाको मृत्यु

पोखरा, चैत ९ ।
तनहूको आँबुखैरेनीमा बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको बस ऐनापार्क नजिकै सडकबाट मस्र्याङदी नदीमा खसेको हो ।

मृतकको परिचय खुलेको छैन । १० जना घाइते भएक छन् । बसमा कति यात्रु थिए भन्नेपनि हालसम्म एकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस नदीमै रहेको र केही घाइते बसले किचिएको अवस्थामा रहेकोले संख्या खुलेको छैन ।

घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाउने तयारी भइरहेको छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।

Photo-Sabin Lamichhane/Tanahu