पोखराबाट काठमाण्डौं जादै गरेको माईक्रो ट्रकसँग ठोकिदा तीन जनाको मृत्यु

पोखरा, असार १ ।
पृथ्वी राजमार्ग अन्र्तगत चितवनको चुम्लिङटारमा आज बिहान माईक्रो र ट्रक ठोकिँदा ३ जनाको मृत्यु भएको छ । अरु ७ जना घाईते भएका छन् ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पानीधारामा ठक्कर दिएको हो । चितवन प्रहरीका अनुसार, ३ जनाको मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर लगिएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ । ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तश्विर-डोलराज पोखरेल