पोखराको १३ नम्बर वडा कार्यालयमा चोरी

पोखरा, फागुन २४ ।
पोखरामा महानगरपालिका एक पछि अर्को वडा कार्यालयमा चोरी हुने क्रम रोएको छैन । केही दिन पहिलो पोखरा ५ को वडा कार्यालयमा चोरी भएको थियो भने फेरी अहिले पोखरा १३ को वडा कार्यालयमा चोरी भएको छ ।

पोखरामा महानगरपालिका वडा नम्बर १३ कार्यालयमा बिहीबार राती करीब चोरी भएको छ । कार्यालयलाई करीब २ लाख बराबरको क्षति भएको छ ।

चोरले ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेको प्रहरीको भनाई छ ।

बिहीबार राती वडा कार्यालयमा चोरी गर्न आएका चोरहरुले सीसी क्यामेरा डिस्कनेक्ट चोरी गरेको प्रहरीको भनाई छ । यस अघि पोखरा ५, १४ लगाएतका वडा कार्यालयमा चोरी भएको थियो ।