पोखराको समुदायमा छिर्यो कोरोना

पोखरा, साउन २५ ।
साउन १८ गते पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखियो । उनको मृत्यु पनि भयो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनको कुनै ट्राभल हिष्ट्री छैन । कतै नगएको ब्यक्तिमा कोरोना देखिएपछि पोखरामा कोरोना समुदाय स्तरमा छिरेको प्रमाणित भएको छ । उनको सम्र्पकमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा १९ का तीन जना महिला र तीन जनामा पुरुषको कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनलाय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । कोरोना देखिएकाको कन्ट्याक ट्रेसिङ गर्न स्वास्थ्यकर्मी लागेका छन् ।

पोखरा महानगरपालिकामा अहिलेसम्म १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ९० जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा १ हजार ६ सय ११ कोरोना संक्रमण पुगेका छन् भने ५ जनाको मृत्यु भएको छ ।