पोखराको सभागृहमा मल्टिप्लेक्स हल

पोखरा, भदौ ३० ।
पोखराको सभागृहचोकमा मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ । पोखरामा २८ वर्ष देखी चलचित्र व्यवासयमा संलग्न व्यवसायी उत्तम द्धा र उनको परिवारले दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएका हुन् । मिड टाउन ग्यालेरिया कम्प्लेस सहित दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक निकेश द्धाले जानकारी दिए ।
‘सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरुका लागि हामीले हल खोलेका हौं,’ ग्यालेरियाका अध्यक्ष उत्तम द्धाले भने ,‘अब आरमदायी रुपमा सिनेमा हेर्न पोखरा बासीलाई बाहिर जानु पर्दैन ।’ आधुनिक उपकरण र साउण्ड सिस्टम जडान गरिएको उनले बताए ।
एनईसी टुके प्रोजेक्टर जुन विश्वकै आधुनिक हो यसले देखाउने पिक्चर क्वालीटी अन्तराष्ट्रिय स्तरको भएको बताए । मिड टाउन ग्यालेयरिया सिनेमाजबाट निर्माण भएको हलमा आरामदायी सिट र एसी जडान गरेको उनले बताए । विभिन्न खानाको परिकारका लागि छुट्टै रेस्टुरेन्ट समेत रहेको उनले बताए ।
पोखरामा चारवटा र बुटवलमा एकवटा हल संचालन गर्दै आएका द्वाले व्यापारिक मल सहित मल्टिप्लेक्स हल निर्माण गरेका हुन् । ‘दुईवटा मल्टिप्लेक्स हलको एउटामा १ सय ७३ र अर्कोमा १ सय ८२ सिट क्षमता छन् ।’ उनले भने–मलमा ब्राण्डे सामानहरु राख्ने तयारी छ । उनले मल सहित २८ करोड र हललाई ८ करोड खर्च भएको बताए ।
मलमा ३० वटा भन्दा बढी ब्राण्डका १४ वटा व्यावसायिक प्रतिष्ठानले ग्यालेरियामा ब्राण्डेड सामानहरु राख्ने प्रबन्धक निकेश द्धाले जानकारी दिए । उनले एप्पलको इभो स्टोर, ब्राण्डेड लुगाको विक्रेता बोसिनी, कस्मेटीक सामग्रीको बडी सप, कन्भर्स र भान्स जुत्ता कम्पनी, स्तरीय रेष्टुरेण्ट, कफी सप, एटिएम लाउन्ज, व्युटी सलुनको व्यावसायीक स्टल हुने उनले बताए ।
मल्टिप्लेक्स हलमा चलचित्र हेर्नका लागि शुक्रबार, शनिबार र सार्वजनीक विदाको दिन ३ सय ५०, मंगलबार र विहान ८ बजेको सोका लागि १ सय ७५ र अन्य बारमा २ सय ५० रुपैया तिर्नु पर्ने द्धाले बताए । पोखरामा हाल श्रीकृष्ण, वाराहि ‘क’, वाराहि ‘ख’, विन्दबासिनी, कल्पना, पुर्णिमा, सिनेप्लेकका दुई वटा हल संचालनमा रहेका छन् । फिल्मले राम्रो व्यापार गर्न छोडेपछि पोखरामा केहि सिनेमा घरहरु केहि बर्ष पहिले नै बन्द भएका छन् ।