पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटियो

पोखरा, कार्तिक १६ ।
पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटिएको छ । तालचोकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरेर फर्किएको डिस्पोजल टोली विरौटा पुगेको छ । विरौटाको सञ्चयकोष भवन अगाडी मुख्य सडकमै शंकास्पद बस्तु भेटिएको हो ।

तालचोकमा भेटिएको शंकास्पद बस्तु बम नभएको सेनाले पुष्टी गरेको छ । त्रसित बनाउनका लागि मात्रै शंकास्पद रुपमा रातो टेप बेरेर राखिएको र त्यसभित्र बम नरहेको सेनाले जनाएको हो । विरौटामा पनि त्यस्तै हुनसक्ने अनुमान छ ।