पोखराको लेकसाईडमा रुख भाँचियो, विद्युत र फोन अवरुद्ध

पोखरा, भदौ ४ ।
पोखराको मुख्य क्षेत्र लेकसाईडको पहारीचोकमा चौतारोबाट रुखको हाँगो भाँचिएको छ । बेलुकी ३ बजे रुख भाँचिएको हो । भाँचिएको हाँगोले बिद्युत र टेलिफोन अवरुद्ध छ ।

पोलमा पनि क्षति पुगेको वडाध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए । उनका अनुसार अहिले भाँचिएको हाँगा पन्छाउने काम भैरहेको छ । सँगै विद्युतको पोल मर्मत पनि चलिरहेको छ ।
नजिकै रहेको पसलमा पनि सामान्य क्षति भएको छ । हाँगो मक्किएर आँफै भाँचिएको वडाध्य पहारीले बताए ।