पोखराको लेकसाइडमा गाडी चलाउन नपाईने (यस्तो बन्दैछ नियम)

पोखरा, चैत २ ।
पोखराको लेकसाइडमा गाडी चलाउन रोक लगाईने भएको छ । हरेक साताको शुक्रबार र शनिबार गाडी प्रबेश निषेध (नो भईकल जोन) गर्न लागिएको हो । सामुदायिक सेवा केन्द्र बैदामको संयोजनमा अभियान चलाउन लागेको अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार शुक्रबार र शनिबार साँझ ५ बजेदेखि राती ११ बजेसम्म हल्लनचोकदेखि बाराही घाटसम्म गाडी गुडाउन पाईँदैन ।
यसका लागि पोखरा ६ का अध्यक्ष जगत पहारीको अध्यक्षतामा समिति नै गठन भएको छ । ध्वनी प्रदुषण घटाएर ब्राण्डको रुपमा स्थापित गर्ने योजना रहेको पहारी बताउँछन् । उनले सबैसँग सहयोगको आग्रह गरेका छन् । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले पोखराको पर्यटन प्रवद्र्धन हुने गरी सञ्चालन गर्न लागेको कार्यक्रमका सबै शान्ति सुरक्षा दिन तयार रहेको बताए ।
पोखरामा यसअघि पनि ७ महिना नो भेईकल जोन लेकसाईड क्षेत्रमा संचालन भएको थियो । सुर्य बहादुर भुजेलको संयोजकत्वमा उक्त अभियान संचालन भएपनि विभिन्न अप्ठ्यारा देखाउँदै फिर्ता गरिएको थियो ।