पोखराको बैदाममा डिएसपी खटाईने (हेर्नुस् को आउँदैछ)

पोखरा, फागुन १४ ।
पोखराको वडा प्रहरी कार्यालय बैदामलाई डिएसपीको कमाण्ड दिईने भएको छ । इन्सपेक्टर प्रमुख रहदै आएको यो कार्यालयमा प्रहरी प्रधान कार्यालयले डिएसपी पठाउन लागेको हो ।
डिएसपी नवीन कार्कीलाई बैदाममा सरुवा गरिएको छ । गत शुक्रबार उनलाई त्यहाँ काज सरुवा गरिएको हो । पोखराका मुख्य बजारको सुरक्षा हेर्नुपर्ने भएकाले उक्त कार्यालयको स्तरोन्नती गरी डिएसपी खटाउन थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।