पोखराको बुलौदीमा स्कुटर ठोकियो, एकजना गम्भीर

पोखरा, चैत ९ ।
पोखराको बुलौदीमा बिहीबार राती दुर्घटना भएको छ । लेकसाइड तर्फ जाँदै गरेको ग४प ६६९२ नम्बरको स्कुटर दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन् । घाईतेको नाम र ठेगना खुलेको छैन भने उनको उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको प्रहरीको भनाई छ । बुलौदीको ओरालो कटेपछि साइडमा ठोकिएको थियो ।
कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा परेको स्कुटको अगाडीको भाग फुटेर ध्वस्त भएको छ ।