पोखराको बस दुर्घटनामा परिचालकको मृत्यु

पोखरा, चैत १४ ।
पोखाराबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका ३२ गगनगौंडामा पल्टिँदा १ जनाको मृत्यु भएको छ । गगनगौंडा स्थित सडकबाट २० मिटर तल खस्दा बसका परिचालक लमजुङका २८ बर्षिय सुजन गुरुङको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाईते भएका थिए ।
चितवनका ६१ बर्षिय गौरीशंकर रेग्मी, पोखरा लेखनाथ १४ का २१ बर्षिय बिभस सुनार, पोखरा लेखनाथ १९ लामाचौरका ३० बर्षिय रमेश गैरे र २४ बर्षिय शंकर नेपाली, चितवनका ३० बर्षिय बिना गुरुङ, नवरपरासीका १७ बर्षिय सुष्मा तिवारी, चितवनकै ५२ बर्षिय सुदिप पौडेल र पोखरा स्थित प्रकृति टोलकी सुबिना गुरुङ घाईते भएका हुन् । तिमध्ये ६ जना सामान्य उपचार पछि घर फर्किएका छन् भने २ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।