पोखराको पस्र्याङमा स्कुटर ठोकियो, एकजनाको मृत्यु

पोखरा, चैत ७ ।
पोखरा लेखनाथ महानगरपालिका ५ प्रस्र्याङ स्थित धर्मस्थली मावि अगाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रोकी राखेको ग १ ख ५९९६ बसको पछाडी भागमा बाग्लुङ बसपार्कबाट जिरो किमि तर्फ आउदै गरेको ग१४प २३३ नम्बरको स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
स्कुटर चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ बर्षका पान बहादुर क्षेत्रीको मृत्यु भएको हो । घाईते भई उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी टोलि खटि बस, स्कुटर र बसको साहुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।