पोखराको न्यूरोडमा भीषण आगलागी (फोटोमा हेर्नुस्)

पोखरा, साउन २८ ।
पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ ।

आगलागीबाट मार्केटभित्र रहेका १२ वटा पसलमा क्षति पुगेको बताईएको छ । फोमभित्र आगो लागेका कारण नियन्त्रणमा लिन निकै सकस परेको छ । आगो नियन्त्रणका लागि पोखरा महानगरका ४ वटा दमकल सहित २० भन्दा बढी ट्यांकर परिचालन गरिएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित सयौं सुरक्षाकर्मी आगोलागी भएको ठाउँमा पुगेका छन् । आगो लागेपछि न्यूरोडमा ठूलो भिड छ । थप विवरण आउन बाँकी ।
तस्विरः प्रदीप पौडेल