पोखराको नक्कली नोट प्रकरण–जो नक्कली नोट छाप्दाछाप्दै डेराबाटै समातिए

पोखरा, फागुन ८ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौंडा नगरपालिका– ९ का ३३ वर्षीय नरेश लामा र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई पोखरा महानगरपालिका–५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर रु १०० को एनसेलको रिचार्ज कार्ड खरिद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको उनले जानकारी दिए ।

ग १४ प ३५४ नम्बरको मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको बताउँदै उनले उनीहरूले पोखराको विभिन्न २ सय स्थानमा नोट साटेको जानकारी दिए ।