पोखराको तालचोकमा स्कोरपियोको ठक्करले १ जनाको मृत्यु, २ घाईते

पोखरा, कार्तिक १३ ।
पोखराको तालचोकमा स्कारपियोले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा ग १२ प ८८०० नम्बरको स्कुटरका चालक २९ बर्षिय नन्दप्रसाद गुरुङको मृत्यु भएको हो ।

स्कुटरको ठक्करपछि सोही स्कुटरले ग ९ प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । गुरुङको मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अर्का स्कुटर चालक पोखरा ८ का ४६ बर्षीय अजित गुरुङ घाइते भएका छन् । उनको मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भैरहेको छ । दुर्घटनामा घाइते भएका स्कोरपियो चालक पोखरा ३१ का ३५ बर्षीय कैलाश थापाको प्रहरी निगरानीमा मेट्रोसिटी हस्पिटलमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।