पोखराको टुडे पानीको जारमा कोलिफर्म, जार युनिटमा सिल्बन्दी

पोखरा, असार २८ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको एक खानेपानीको कम्पनीमा सिल्बन्दी गरेको छ । पोखरा महानगरपालिका २५ हेम्जामा रहेको टुडे कम्पनीले उत्पादन गर्दै आएको टुडे पानीको जारमा कोलिफर्म भेटिएपछि प्रशासनले कम्पनीको जारको पानी उत्पाद युनिटमा सिलबन् गरेको हो ।

टुडे कम्पनीले उत्पादन गर्दै आएको १ लिटरको मिनरल वाटरमा भने कुनै समस्या नरहेको प्रशानसले जानकारी दिएको छ । असार २२ गते पोखरामा पानी उत्पादन गरी विक्रिवितरण गर्दै आएका ५ वटा कम्पनीको पानी परिक्षणका लागि प्रशासनले खानेपानी तथा सुपेरिबेक्षण पोखराको प्रयोगशालामा पठाएको थियो ।

परिक्षण गर्दा टुडे कम्पनीले उत्पादन गर्दै आएको जारको पानीमा कोलिफर्म भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले जानकारी दिए । कम्पनीको पानी पुन परिक्षका लागि पठाएको र फेरीपनि कोलिफर्म भेटिएमा कम्पनीले सुधार नगरे सम्म बन्द गर्ने सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।